उपत्यकाको सात ट्राफिक कार्यालयबाट मेसिनमार्फत जरिवना तिर्न सकिने

आइतबार, माघ ९, २०७८

काठमाडौँ, ९ माघ । काठमाडौँ उपत्यकाको विभिन्न सात ट्राफिक कार्यालयमा मेसिनबाट ट्राफिक जरिवना तिर्न सकिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज ट्राफिक प्रहरीले दिने सेवालाई थप प्रविधिमैत्री, परिस्कृत र सहज बनाउनका लागि उपत्यकाका सात ट्राफिक कार्यालयबाट जरिवना तिर्ने गरी सेवा विस्तार गरेको हो । 
महाशाखाले महानगरीय ट्राफिक प्रहरी प्रभाग गौशाला, कोटेश्वर, गट्ठाघर, थापाथली,  मालीगाउँ र दरबारमार्गमा सेवा विस्तार गरेको हो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले ट्राफिक नियम उल्लङ्घन गरेबापत चालकले तिर्नुपर्ने जरिवाना रकम प्रभु–पेको किअस्क मेसिनको प्रयोग गरी भुक्तानी गर्न सकिने गरी सेवा विस्तार गरिएको जानकारी दिए । उनले ट्राफिक नियम उल्लङ्घन गरेबापत सवारी प्रयोगकर्ताले जरिवाना तिरी आफ्नो कागजपत्रहरू फिर्ता लिन सरल एवम् सहज होस् भन्ने उद्देश्यले विभिन्न कार्यालयमा सेवा विस्तार गरेको बताए ।
प्रभु पेका अध्यक्ष कुसुम लामाले ‘किअस्क’ मेसिनमा सिधै नगद हालेर जरिवाना भुक्तानी गर्न सकिने भएकाले बैंकमा गएर लाइन बस्नुपर्ने झन्झट नहुने बताउनुभयो । ट्राफिक प्रहरीले यसअघि महाशाखामा उक्त सेवा लागू गरिसकेको छ ।

    
 

प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  २२:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार