पाकिस्तानका रिजवान ‘आईसीसी प्लेयर अफ दि इयर’

आइतबार, माघ ९, २०७८

काठमाडौं, ९ माघ । आईसीसी टी-२० विश्वकपमा पाकिस्तानलाई सेमिफाइनलसम्मको यात्रा तय गराएका मोहम्मद रिजवान ‘आईसीसी पुरुष टी-२० प्लेयर अफ दि इयर २०२१’ घोषित भएका छन् ।  आईसीसीले आइतबार पाकिस्तान विकेटकिपरसमेत रहेका ब्याटर रिजवान वर्षको उत्कृष्ट खेलाडीबाट सम्मानित भएको जनाएको हो ।  उनले यस वर्ष २९ खेलमा १३२६ रन प्रहार गरेका थिए । जुन औसतमा ७३ दशमलब ६६ रहेको छ । यस्तै उनको स्ट्राइक रेट १३४ दशमलब ८९ छ ।मोहम्मद रिजवानले यसै वर्ष लाहोरमा दक्षिण अफ्रिकाविरुद्ध शतक प्रहार गर्दा कराँचीमा वेष्ट इण्डिजविरुद्ध ८७ रन बनाएका थिए ।  यस्तै आईसीसीले ओमानका जिसन मक्सुदलाई एसोसियट प्लेयर अफ दि इयर घोषित गरेको छ । 
 

प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  १५:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार