क्वारिन्टिनकाे अनुगमन

आइतबार, माघ ९, २०७८

हुम्ला, ९ माघ । हुम्लाको सदरमुकाम सिमकोटस्थित रानी बन क्वारिन्टिनको सरकारी टोलीले अनुगमन गरेकाे छ । शुक्रबार ३१ जनालाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा नाै जनालाई संक्रमण पुष्टि भएको थियाे । कोरोना संक्रमितलाई संक्रमण पुष्टिपछि रानी बनमा रहेको क्वारेन्टाइनमा राखिएको छ । सरकारी टाेलीले संक्रमितकाे स्वास्थ्य अवस्था बुझ्न र क्वारिन्टिनमा गरिएकाे व्यवस्थाकाे अनुगमन गरेकाे हाे । जिल्ला कोभिड संकट व्यवस्थापनका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको नेतृत्वकाे टाेलीले अनुगमन गरेकाे हाे ।

प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  १३:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार