कैलालीको गोदावरी नगरपालिका एक साता बन्द

आइतबार, माघ ९, २०७८

धनगढी, ९ माघ । कर्मचारीहरूमा कोरोना संक्रमण पुष्टि भएपछि कैलालीको गोदावरी नगरपालिका एक साताका लागि बन्द हुने भएको छ । आइतबार सूचना जारी गर्दै नगर प्रशासनले अत्यावश्यकबाहेकका सेवा एक साताका लागि बन्द गरिएको उल्लेख गरेको छ । नगरपालिकाका अधिकांश कर्मचारीमा कोरोना देखिएकाले एक साताको लागी सेवा बन्द गरेको हो । सरसफाई, स्वास्थ्य र दमकल लगायतका अति आवश्यक सेवा भने सो अवधिमा पनि नियमित हुने सुचनामा उल्लेख छ ।

प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  १३:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार