अष्ट्रेलियन ओपनः नाडाल क्वाटरफाइनलमा 

आइतबार, माघ ९, २०७८

काठमाडौं, ९ माघ । कीर्तिमानी २१औं पटक ग्रान्डस्लाम जित्ने लक्ष्यमा रहेका राफेल नाडाल अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । आइतबार मेलवर्नमा भएको चौंथो चरणमा फ्रान्सका एड्रियन मान्नारिनोलाई ७-६ (१६-१४) ६-२ ६-२  ले हराएर पाँचौ वरीयताका नाडालले क्वाटरफाइनलमा स्थान बनाएका हुन् । खेल २ घन्टा ४० मिनेट चलेको थियो ।  नाडाल यसपटक कीर्तिमानी २१औं पटक ग्रान्डस्लाम जित्ने लक्ष्यमा छन् । हालसम्म नाडालसँगै नोभाक जाकोभिच र रोजर फेडेररले समान २० पटक प्रतियोगिता जितेका छन् । ३५ वर्षीय नाडाल गत वर्ष क्वाटरफाइनलबाटै बाहिरिएका थिए । 
 

प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  १२:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार