ढुङ्गाले थिचेर एक्स्काभेटर चालकको मृत्यु

शनिबार, माघ ८, २०७८

सिन्धुपाल्चोक, ८ माघ । मेलम्ची नगरपालिका–३ हैबुङमा ढुङ्गाले थिचेर एक जनाको ज्यान गएको छ । बर्दिया घर भएका अन्दाजी ४० वर्षीय शेरबहादुर श्रेष्ठको ज्यान गएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । आज दिउँसो ३ बजे हैबुङ पाटीभञ्याङ सडक स्तरोन्नति गर्ने क्रममा माथिबाट आएको ढुङ्गाले थिचेर स्काभेटर चालकको ज्यान गएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिए । प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । मृतक श्रेष्ठ हिजोमात्र एक्स्काभेटर चलाउन आएको स्थानीयले बताएका छन् ।–रासस

 

 

 

प्रकाशित मिति: शनिबार, माघ ८, २०७८  १९:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार