उपचारका लागि दिल्ली जाँदै डा.बाबुराम भट्टराई

न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका
आइतबार, फागुन ९, २०७७

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई उपचारका लागि आज भारतको राजधानी नयाँदिल्ली जाँदै छन् । उनी नेपाल वायुसेवाको विमानबाट नयाँदिल्ली जाने तय भएको उनको सचिवालयले जानकारी दिएको छ । डा. भट्टराई स्वास्थ्य उपचारका लागि नयाँदिल्ली जान लागेको उनको सचिवालयले स्पष्ट पारेको छ । लामो समयदेखि डा. भट्टराई पेट सम्बन्धी समस्याबाट पीडित छन् । अहिले चिकित्सकहरुले न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिश गरेकाले उनी त्यसको उपचारका लागि दिल्ली जान लागेको जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिएका छन् । दिल्लीस्थित ‘इन्स्िटच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा उनको उपचार हुने पाण्डेले बताए । भट्टराईसँगै उनकी पत्नी हिसिला यमी र पाण्डे नयाँदिल्लीमा रहनेछन् ।
 

प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७  १०:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार