सिन्धुपाल्चोकमा गाडी दुर्घटना हुँदा चार जना घाइते

शनिबार, माघ ८, २०७८

सिन्धुपालचोक, ८ माघ : सिन्धुपाल्चोकको सुनकोसी गाँउपालिका-६ नौकिलोमा बोलेरो गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । भक्तपुरबाट दोलखाको मैनापोखरी जाँदै गरेको बा १५ प ८५७७ नम्बरको गाडी दुर्घटना भएकाे हाे ।  

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था सामान्य छ । अर्का एक जनाको ढाडमा चोट लागेको छ । उनीहरुकाे  सिन्धु सदाबहार अस्पताल खाडीचौरमा उपचार भइरहेकाे छ । 

गाडी  अनियन्त्रित भइ सडकबाट करिब सय मिटर तल खसेको थियाे ।

प्रकाशित मिति: शनिबार, माघ ८, २०७८  १२:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार