सडकमा उत्रेका जनताको शक्तिलाई सर्वाेच्चले नजरअन्दाज गर्नु हुँदैन :प्रधानमन्त्री

शनिबार, फागुन ८, २०७७

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सर्वाेच्च अदालतले जनसहभागिता र संविधानको मर्म बुझेर निर्णय गर्नेमा आफू आशावादी रहेको बताएका छन् । प्रधानमन्त्रीको यो अभिव्यक्तिले संसद् विघटनपछिका राजनीतिक गतिविधिलाई हेर्न सांकेतिक रुपमा आग्रह गरेको रुपमा बुझ्न सकिन्छ । संसद् विघटनको पक्षमा सडकमा सर्वसाधारणको उपस्थितिलाई नदर अन्दाज नगर्न उनले घुमाउरो पारामा भनेका छन् । प्रधानमन्त्री ओलीले अन्योल र भ्रममा नपरी निर्वाचनको तयारीमा जुट्न सबैलाई आग्रह गरे ।  नेकपा प्रदेश नं १ कमिटीद्वारा विराटनगरमा आज आयोजित प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्दै उनले प्रत्येक सभामा जनताको ठूलो उपस्थिति हुने गरेको बताउँदै भने, ‘जनतामा भ्रम सिर्जना गर्ने र विकास विरोधीलाई आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनमा पराजित गर्र्नुपर्छ ।’ 

उनले चुुनावमा लोकतन्त्र, विकासवादी शक्ति र समृद्ध नेपाल निर्माणको अभियानलाई निरन्तरता दिने सोच भएको नेकपालाई  विजयी बनाउनुपर्नेमा जोड दिए । दुुई तिहाई नजिकको सरकारलाई काम गर्न नदिने र काम गर्दा पनि हरेक विषयमा अवरोध पुु¥याउन खोजेकाले आफूले जनताबीच जाने निर्णय गरेको ओलीले बताए । प्रधानमन्त्री ओलीले आफूले विसं २०४७ देखि नै अहिलेसम्म निर्वाचनमा सूर्य चिह्नबाट लडेको बताउँदै अर्काे पक्षले सूर्य चिह्नमा कहिले पनि निर्वाचन नलडेको र अहिले निर्वाचन आयोगमा सूर्य चिह्न आपूmले पाउनुुपर्छ भन्नुु हठपना मात्र भएको तर्क गरे ।  नेपालबाट कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने खेलमा गुटवादी गरिएको चर्चा गर्दै अध्यक्ष ओलीले प्रचण्ड फर्केर आए अझै नेकपामा स्थान रहेको बताए । संसद् पुनःस्थापना भए देशमा अस्थिरता उत्पन्न भइ सरकार बनाउने र ढाल्ने खेल चल्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘कसैको पनि बहुमत नपुग्ने हुनाले सरकार बनाउने र ढाल्ने राजनीतिको फोहरी खेल चलिरहन्छ’ उनले भने, ‘त्यसैले मुलुकको अस्थिरतालाई बुझेर संसद् विघटन गरिएको हो ।’ उनले करकापमा परेर पार्टीबाट अलग भएकालाई पुुनःपार्टीमा आउन आग्रह गर्दै जनताले विश्वास गरेर संसद् र प्रदेशसभाको निर्वाचिनमा विजयी गराएर लगाएको धागो नटुुटाउन अनुरोध गरे । 


नयाँ जनादेशमा देश अगाडि बढ्यो : गृहमन्त्री 
नेकपाका स्थायी कमिटी सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले देश नयाँ जनादेशको अभियानमा अगाडि बढेको बताएका  छन् । नेकपा प्रदेश नं १ कमिटीद्वारा आयोजित जनसभामा उनले मुलुकभित्र तथा बाहिरबाट हुने अस्थिरता, षडयन्त्र, विकास विरोधी कार्यविरुद्ध एकजुट हुन र राष्ट्रिय स्वाभिमान, लोकतन्त्रको रक्षाको लागि नयाँ निर्वाचनमा समावेश हुन आग्रह गरे । कोभिडका कारण देश विषम परिस्थितिमा रहेका बेला फूटवादी सोच आउनु असमान्य भएको उल्लेख गर्दै उनले मुलकलाई प्रतिगमनतर्फ धकेल्ने प्रयास भएकाले सोविरुद्ध शुद्धीकरण अभियानअन्तर्गत जनसभाको आयोजना गरिएको बताए ।  जनसभामा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पार्टीभित्रको फोहरी खेलबाट मुलुकबाट जोगाउन प्रधानमन्त्री ओलीको नयाँ जनादेशको निर्णय सही भएको बताए । उनले राजनीतिक स्थायित्व, विकास, समृद्धि र सुशासन कायम गर्न र विभिन्न वाधा व्यवधान पन्छाउन निर्वाचन अपरिहार्य भएको दाबी गरे । 
नेकपा स्थायी कमिटीका सदस्य एवं संविधानसभाका अध्यक्ष सुभाष नेम्वाङले आगामी निर्वाचनलाई जनताले अनुमोदन गरेको बताए । उनले तराई, मधेश, पहाड हिमालका जनता र विविध संस्कृतिका जनता सडकमा उर्लेर यसलाई अनुमोदन गरेको तर्क गरे । जनताको उपस्थितिले प्रधानमन्त्रीको निर्णय सही हो भन्ने फैसला आएको छ’ उनले यही फागुन १२ देखि १५ गतेभित्र सर्वाेच्च अदालतको फैसला आउने बताए ।  भेलामा प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियत, संविधान सभाका सदस्य बालकृष्ण ढुङ्गेल, नेकपाका केन्द्रीय सदस्य भगवती चौधरी, रामलाल साह, विनोद ढकाल र नेकपा प्रदेश प्रमुख देवराज घिमिरेले मुलुकमा दिगो शान्ति, विकास र समृद्धि कायम गर्न ताजा जनादेशमा जाने प्रधानमन्त्रीको निर्णय सही भएको बताए । 

प्रकाशित मिति: शनिबार, फागुन ८, २०७७  २१:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार