सोसल मिडिया
Contact Us
युनिकोड
सादा (यमन), ७ माघ । यमनी जेलमा भएको हवाई हमलामा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको र सोही सङ्ख्यामा घाइते भएका बताइएको छ । रातिको समयमा जेल लगायतका स्थानमा भएका हवाई आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु भएको र २०० भन्दा बढी घाइते भएका अनुमान गरिएको उद्धारकर्ताहरूले बताएका हुन् । यमनस्थित रेडक्रसको अन्तर्राष्ट्रिय समितिका प्रवक्ता बाशीर उमरले हुथी विद्रोहीको प्रभाव क्षेत्रमा रहेको सादा सहरमा भएको आक्रमणमा धेरै व्यक्ति सख्त घाइते भएकाले मृतक सङ्ख्या थप बढ्न सक्ने अस्पताल स्रोतले जानकारी दिएको छ । “सादा सहरमा रहेका दुई अस्पतालमा कम्तीमा १०० भन्दा बढीको मृत्यु भएको वा घाइते भएको भन्ने प्रारम्भिक सूचना आईसीआरसीले प्राप्त गरेको अस्पतालको तथ्याङ्कलाई उद्धृत गर्दै प्रवक्ता उमरले उल्लेख गरे । घाइते तथा मृतकको सङ्ख्या प्रारम्भिक सूचनामा जनाइएभन्दा निकै धेरै हुनसक्ने घटनास्थलबाट सामाजिक सञ्जालमा सम्प्रेषित तस्बिरहरूबाट अनुमान गर्न सकिने उनले बताए । इराननिकट मानिने यमनी समर्थित हुथी विद्रोहीहरूले जारी गरेको तस्बिरमा उद्धारकर्मीहरूले ध्वस्त भएका जेल भवनहरूबाट क्षतविक्षत मृत शरीरहरू तानेर थुपार्दै गरेका भयानक दृश्यहरू देखिएका छन् । आक्रमणपछि यमनभर इन्टरनेट सेवासमेत अवरूद्ध भएको छ । सादाको अस्पतालले जेलको आक्रमणमा लगभग २०० जना घाइते भएका अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मी घटनापछि आएका घाइते तथा मृत शरीर देखेर विचलित बन्ने अवस्था आएको भन्दै आफूले थप प्रतिक्रिया दिन कठिन भएको उपचारमा संलग्न एक चिकित्सकले बताए । “अस्पतालमा बिरामीको भीड लागेको छ भने र मृत शरीरको थुप्रो लगाइएको छ,” फ्रान्सेली उपशब्द एमएसएफद्वारा चिनिने डाक्टर बिजाऊ बर्डरले बताए । यमनका एमएसएफ मिसन प्रमुख अहमद महतले भन्नुभयो, “हवाई हमला भएको घटनास्थलमा अझै धेरै शव छन्, धेरै हराइरहेका छन्” उनले घटनामा कति जना मारिएका छन् भनेर थाह पाउन तत्काल असम्भव भएको संक्षिप्त प्रतिक्रिया दिए । हुथीहरूले संयुक्त अरब इमिरेट्समा हवाइजहाज र क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेको पाँच दिनपछि यी हमलाहरू भएका छन् । उक्त आक्रमणमा तीन जनाको मृत्यु भएको थियो । घटनापछि यूएईले आक्रमणको उचित जवाफ दिने बताएको थियो । संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद्ले यूएईविरुद्ध भएको हुथी आक्रमणको आकस्मिक सत्रमा ग्रीनविच समयअनुसार शुक्रबार ३ बजे बैठक बस्ने भएको छ । रासस/सिन्ह्वा