सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, ७ माघ : प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । बैठक भोलि (शनिबार) बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सर्वदलीय बैठक बोलाउनुअघि काँग्रेस सभापति समेत रहेका देउवाले शुक्रबार साँझ पार्टीका नेताहरूसँग छलफल गरेका थिए ।
सत्तारूढ गठबन्धनले संविधानविद् र कानूनविद्सँग छलफल गर्ने सत्तारूढ गठबन्धनले स्थानीय तहको निर्वाचनका सम्बन्धमा संविधानविद् र कानूनविद्सँग छलफल गर्नेभएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तारूढ गठबन्धन दलको बैठकले स्थानीय तहको निर्वाचनका सम्बन्धमा संविधान र स्थानीय तह निर्वाचन ऐनमा भएको व्यवस्था बाझिएकाले संविधानविद् र कानूनविदसँग छलफल गर्ने निर्णय गरेको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चा नेपालका उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् । “स्थानीय तह निर्वाचनका सम्बन्धमा संविधान र स्थानीय तह निर्वाचन ऐन बाझिएको रहेछ”, उनले भनिन्, “बाझिएको व्यवस्थाबारे छलफल गर्नका लागि संविधानविद् र कानूनविदसँग परामर्श गर्दछौँ ।” उनले एक÷दुई दिनभित्र संविधानविद् र कानुनविद्सँगको परामर्शमा स्थानीय तहको निर्वाचनको सम्बन्धमा बाझिएको व्यवस्थालाई समाधान गर्ने बताइन् । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवलगायतको सहभागिता थियो ।