मलेशिया भ्रमणमा रोक

शुक्रबार, माघ ७, २०७८

काठमाडौं, ७ माघ : सरकारले मलेशियालगायत खाडी मुलुकको भ्रमणमा रोक लगाएको छ ।  कोभिड -१९ को ओमिक्रोन भेरिएन्ट तीव्र रुपमा फैलिँदै गएको हुँदा मलेशियालगायत खाडी राष्ट्रमा गयका नागरिकहरू विचल्लीमा पर्ने गरेको गुनासो आएको भन्दै गृह मन्त्रालयले खाडी मुलुकको भ्रमणमा रोक लगाएको हो । 

मन्त्रालयले माघ १० गतेदेखि अर्को आदेश जारी नभएसम्मको लागि त्यस्ता राष्ट्रको भिजिट भिसामा भ्रमण जान रोक लगाएको हो ।

प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  २०:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार