चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

बिहीबार, फागुन २८, २०८२

काठमाडौं । स्याङ्जामा नकबजनी चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले जिल्ला पुतली बजार नगरपालिका-१४ सातौ बस्ने ३८ वर्षीय नारायण लामिछाने भन्ने पूर्ण बहादुर लामिछानेलाई बुधबार पक्राउ गरेको हो । उनललाई प्रहरीले पुतली बजार नगरपालिका-१ प्रतिनगरबाट पक्राउ गरेको हो । जिल्ला अदालत स्याङ्जाले उक्त मुद्दामा २२ दिन कैद र ६ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई पुतली बजार नगरपालिका-१ प्रतिनगरबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत स्याङ्जामा पेस गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २८, २०८२  १३:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार