सोसल मिडिया
Contact Us
युनिकोड
सप्तरी, ७ माघ । सप्तरीको कञ्चनरुप नगरपालिकाले अत्यधिक चिसो बढेपछि ६० वर्षमाथिका असहाय, दलित, गरिब र विपन्न वर्गका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । प्रत्येक वडाका तीन सय जनालाई न्यानो कपडा वितरण गरेको कञ्चनरुप नगरपालिकाका प्रमुख वसन्त मिश्रले बताए । कञ्चनरुप नगरपालिकामा १२ वडा छन् । चिसोमा जोगाउन ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप न्यानो कपडा वितरण गरिएको उनले बताए । शीतलहरका कारण यहाँको जनजीवन प्रभावित भएको छ । यसअघि १२ वटै वडामा दुई हजार दलित, असहाय, गरिब र विपन्न नागरिकलाई सिरक तथा विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको थियो । नगरपालिका भित्रका मुख्य बजार क्षेत्रमा आगो ताप्नका लागि दाउरासमेत वितरण गरिएको छ ।