सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल नियमित स्वास्थ्य परीक्षण गरी आज स्वदेश फर्केका छन् । भारतको राजधानी नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराएर नेता खनाल आज स्वदेश फर्केको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । खनाल पत्नी रविलक्ष्मी चित्रकारसहित माघ ३० गते नियमित स्वास्थ्य परीक्षणका लागि दिल्ली गएका हुन् । चिकित्सकलाई उदृत गर्दै स्वकीय सचिव भट्टराईले खनालको स्वास्थ्य अवस्थामा सुधार भएको जानकारी दिएका छन् ।