६ लाख २७ हजार चिनियाँ अधिकारी कारबाहीमा

शुक्रबार, माघ ७, २०७८

बेइजिङ, ७ माघ । चीनको कम्युनिष्ट पार्टी अफ चाइना (सीपीसी) को अनुशासन र कानूनको उल्लङ्घन गरेको भन्दै प्रान्तीय र मन्त्रीस्तरका ३६ जनासहित कुल ६ लाख २७ हजार चिनियाँ अधिकारीलाई कारबाही गरिएको देशको शीर्ष भ्रष्टाचार विरोधी निकायले जनाएको छ ।
देशभरका अनुशासनात्मक र पर्यवेक्षक अधिकारीहरूले ३८ लाखभन्दा बढी सार्वजनिक सूचनाहरू प्राप्त गरी  ६ लाख ३१ हजार मामिलाहरूमा अनुसन्धान सुरु गरेको सीपीसी केन्द्रीय अनुशासन निरीक्षण आयोग र राष्ट्रिय पर्यवेक्षक आयोगले आज जानकारी दिएका छन् ।–रासस/सिन्ह्वा

प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  १६:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार