सोसल मिडिया
Contact Us
युनिकोड
नयाँ दिल्ली (भारत), ७ माघ । जर्मन नौसेनाका प्रमुख भाइस एडमिरल के–अचिम शोनबाचले नयाँ दिल्लीमा भारतीय वायुसेना मुख्यालयमा एयर चिफ मार्शल वीआर चौधरीसँग भेटवार्ता गरेका छन् । सो अवसरमा द्विपक्षीय रक्षा सहयोग अभिवृद्धि गर्ने उपायबारे छलफल भएको जनाइएको छ । भारतीय वायुसेनाले ट्विटरमा जनाएअनुसार, ‘जर्मन नौसेनाका प्रमुख भाइस एडमिरल के–अचिम शोनबाचले एयर चिफ मार्शल वीआर चौधरीसँग भेट गर्नुभयो र द्वीपक्षीय रक्षा सहयोगका विषयमा छलफल भयो ।’–रासस–एएनआई