सोसल मिडिया
Contact Us
युनिकोड
किन्सासा, ७ माघ । उत्तरपश्चिम प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) को कङ्गो नदीमा आइतबार अबेर राति एउटा पानी जहाज दुर्घटना हुँदा कम्तीमा १८० जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले बिहीबार जानकारी दिएका छन्् । करिब ६०० यात्रु बोकेको जहाज अत्यधिक भारका कारण दुर्घटना भएको हुनसक्ने संयुक्त राष्ट्रसङ्घ समर्थित समाचार आउटलेट रेडियो ओकापीले केही जीवित व्यक्तिहरूको भनाइलाई उद्धृत गर्दै जनाएको छ । विशेष गरी कङ्गो नदीमा प्रायः रातको यात्रा, ओभरलोड र जहाजहरूको खराब अवस्थाका कारण बारम्बार दुर्घटना हुने गर्दछ ।
ट्रक विस्फोटमा परी कम्तीमा १७ जनाको मृत्यु घानाको पश्चिमी क्षेत्रमा ट्रक विस्फोट हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । घाना वेब न्युज आउटलेटका अनुसार मोटरसाइकलसँग ठोक्किएपछि उत्खनन कार्यका लागि विस्फोटक पदार्थ बोकेको ट्रकमा विस्फोटन भएको थियो । विस्फोटबाट नजिकैका भवन र पूर्वाधारमा पनि ठूलो क्षति पुगेको जनाइएको छ । अन्य सञ्चारमाध्यमहरूले घटनामा करिब ६० जना घाइते भएको पनि उल्लेख गरेका छन् । यद्यपि घटनाको विस्तृत विवरण भने आउँन बाँकी छ ।–एएनआई/स्पुतनिक