सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेत्र विक्रम चन्द –विप्लव) नेतृत्वको भूमिगत नेपाल कम्युनिस्ट पार्टीले सरकारसँग वार्ताका लागि सकारात्मक भएको जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विराटनगरबाट महत्वपूर्ण घोषणा गर्ने बताइरहेको अवस्थामा प्रतिवन्धित अवस्थामा रहेको पार्टीले सरकारसँग सम्बाद र वार्ताका लागि सकारात्मक रहेको जनाएको हो । ‘हाम्रो क्रान्ति, राष्ट्र, समाज, अग्रगामी एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो । यसको प्रक्रियामा आम जनसमुदाया सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्बाद र वार्ताका लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदैछौं’ नेकपाका महासचिव विप्लवले प्रेस विज्ञप्ति जारी गर्दै जनाएका छन्