प्रदेश प्रमुख बर्खास्त र नियुक्तिप्रति काँग्रेस असहमत 

शनिबार, फागुन ८, २०७७

काठमाडौं । नेपाली काँग्रेसले सरकारको सिफारिसमा प्रदेश नं २ का प्रदेश प्रमुखको शुक्रबार गरिएको बर्खास्ती र नयाँ नियुक्तिप्रति विरोध तथा भत्सर्ना गरेको छ । अघिल्लो सरकारको पालामा प्रक्रियाबमोजिम गरिएको नियुक्तिलाई गत वर्ष बदर गरेर वर्तमान सरकारले प्रदेश प्रमुखमा नयाँ नियुक्ति गरेको थियो । फेरि शुक्रबार त्यही प्रवृत्ति दोहो¥याएर सरकारले प्रदेश प्रमुखको गरिमा थप घटाउँदै जाने काम गरेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत आरोप लगाएका छन् । निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरूपण नगर्न निर्वाचन आयोगलाई सरकारले आन्तरिक दबाब दिएको आरोप लगाउँदै काँग्रेसले सरकार बर्खास्त र नियुक्तितर्फ लाग्नु गलत र आपत्तिजनक रहेको टिप्पणी गरेको छ । काँग्रेसले सरकारको यस कदमप्रति विरोध जनाउंदै यस्ता कार्य अविलम्ब रोक्न चेतावनीसमेत दिएको छ ।
 

प्रकाशित मिति: शनिबार, फागुन ८, २०७७  ०६:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार