कार्यालय प्रमुखलाई कोरोना देखिएपछि सेवा स्थगित

बिहीबार, माघ ६, २०७८

खोटाङ, ६ माघ । कार्यालय प्रमुखलाई कोरोनाभाइरस संक्रमण भएपछि खोटाङको ईलाका प्रशासन कार्यालय खोटाङबजारको सेवा स्थगित गरिएको छ । कार्यालय प्रमुखलाई कोभिड–१९ पोजेटिभ पुष्टि भएपछि बुधबारदेखि ईलाका प्रशासन कार्यालयको सम्पूर्ण सेवा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको हो । अन्य कर्मचारीहरू होम क्वारेन्टिनमा बस्नु पर्ने भएकाले सेवा स्थगित गर्नुपरेको ईलाका प्रशासन कार्यालयले जनाएको छ । खोटेहाङ गाउँपालिका-७ खोटाङबजारस्थित ईलाका प्रशासन कार्यालयको सेवा बन्द हुँदा खोटेहाङ, जन्तेढुंगा, बराहपोखरी गाउँपालिकाका सेवाग्राही मारमा परेका छन् । 

प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८  ११:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार