लमजुङमा वन डढेलोका घटना बढ्दो

बुधबार, माघ ५, २०७८

लमजुङ, ५ माघ । लमजुङमा बर्सेनि वन डढेलोका घटना बढ्दै गएको छ । ०६८ देखि ०७७ सम्मको अवस्था विश्लेषण गर्दा बर्सेनि जिल्लामा वन डढेलोका घटना बढ्दै गएको डिभिजन वन कार्यालय लमजुङले जनाएको छ । यस अवधिमा सबैभन्दा धेरै मर्स्याङ्दी गाउँपालिका, दोर्दी गाउँपालिका र दूधपोखरी गाउँपालिका क्षेत्रका वनमा डढेलो लागेको डिभिजन वन कार्यालय लमजुङका प्रमुख एवं डिभिजन वन अधिकृत पूर्णेश्वर सुवेदीले बताए । विशेषगरी भिरालो जमिनमा रहेका सल्ला भएका वन, मान्छेको पहुँच नभएको वनमा बढी डढेलो लाग्ने गरेको उनको भनाइ छ । वन डढेलो रोकथाम र नियन्त्रणका लागि समुदाय, पालिका, मिडिया लगायत सरोकारवाला सबै पक्ष हातेमालो गरी अघि बढ्नुपर्ने आवश्यकता रहेको उनले बताए । जिल्लामा तीन सय ३९ सामुदायिक वन, एक सय ७३ कवुलियती वन र एक धार्मिक वन गरी पाँच सय १३ वन रहेका डिभिजन वन कार्यालय लमजुङका सहायक वन अधिकृत एवं सूचना अधिकारी सन्तोष खनालले बताए । 

प्रकाशित मिति: बुधबार, माघ ५, २०७८  १२:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार