मुक्तिनाथ अधिकारीलाई न्याय दिन सरकारको ध्यानाकर्षण

सोमबार, माघ ३, २०७८

काठमाडौँ, ३ माघ । सशस्त्र द्वन्द्वकालमा गम्भीर मानव अधिकार उल्लङ्घनका गरी बर्बरतापूर्वक हत्या गरिएका शिक्षक मुक्तिनाथ अधिकारीको हत्या भएको २० वर्ष बितिसक्दा पनि न्याय नपाएकोप्रति सरोकारवालाले सरकारको ध्यानाकर्षण गराएका छन् । मुक्तिनाथ अधिकारी स्मृति प्रतिष्ठान र एम्नेस्टी इनटरनेसनलद्वारा संयुक्तरूपमा आयोजना गरेको ‘न्यायको प्रतीक्षामा २० वर्ष : राज्य जवाफदेही कहिले बन्ने ?’ विषयक स्मृतिसभामा सरोकारवालापक्षले उक्त ध्यानाकर्षण गराएका हुन् ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सशस्त्र द्वन्द्वको समयमा भएका गम्भीर मानव अधिकार उल्लङ्घनका विषयमा सरकार र संसद्ले गर्ने सहयोगका विषयमा आफूले पहल गर्ने बताए । “सरकारबाट तत्काल के के गर्न सकिन्छ रु संसद्बाट के के गर्न सकिन्छ भन्ने बारेमा म छिट्टै सरोकारवालासँग बसेर सल्लाह गर्नेछु”, उनले भने, “ पीडितलाई सत्य, न्याय र परिपूरणको अधिकार सुनिश्चित गर्नुपर्छ ।”

मानव अधिकारकर्मीहरु चरण प्रसाईं, कपिल श्रेष्ठलगायतले सङ्क्रमणकालीन न्याय दिन ढिलाइ भइरहेको र अब न्याय दिनमा ढिलाइ गर्न नहुनेमा जोड दिए। शिक्षक अधिकारीको विसं २०५८ माघ ३ गते रुखमा झुण्डयाएर बर्बतापूर्वक हत्या गरिएको थियो । सङ्क्रमणकालीन न्यायका लागि गठन गरिएका सत्यनिरुपण तथा मेलमिलाप अयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरिएको भए पनि आयोगले अहिलेसम्म न्याय दिन नसकेको पीडितको गुनासो छ ।–रासस

प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  २१:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार