सुनकाे मूल्यमा सामान्य वृद्धि, यस्ताे छ बजार भाउ

सोमबार, माघ ३, २०७८

काठमाडौं, ३ माघ । सुन ताेलामा १०० रुपैयाँले वृद्धि भएकाे छ । नेपाल  सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाे छ । यसअघि आइतबार  छापावाल सुन तोलाको ९२ हजार ४०० रुपैयाँमा  कारोबार भएको थियो । यसैगरी, साेमबार तेजावी सुनको मूल्य तोलाको ९२ हजार निर्धारण भएको छ ।  चाँदीको भाउ प्रतितोला एक हजार ५५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला एक हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  ११:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार