सोसल मिडिया
Contact Us
युनिकोड
अडेन, २ माघ । यमनमा रहेको साउदी अरेबियाको नेतृत्वको सेनाले यहाँका विभिन्न शहरमा शनिबार पनि आक्रमण गरेको छ । हुथी विद्रोहीको विरुद्धमा कारबाहीका क्रममा सो सेनाले यमनको राजधानी शहरलगायतका विभिन्न शहरमा यस्तो हमला गरेको हो । उक्त सेनाले युद्धक विमानबाट शनिबार मारिब र साबा शहरमा हवाई हमला गरेको हो । त्यस क्रममा हुथी विद्रोहीका कतिपय आश्रयस्थल भत्किएका बताइएको छ । यमनमा एकजना सैनिक अधिकारीले विभिन्न शहरमा यमनका सेनासमेत सम्मिलित गठबन्धन सेनाले हवाई कारबाही गरेको र त्यसमा परेर केही हुथी विद्रोही पनि हताहत भएका बताएका छन् । ती अधिकारीका अनुसार शनिबार दिनभर यस्तो हवाई कारबाही जारी रहेको छ । मारिब यमनको तेलको धनी शहर हो । यहाँका कतिपय स्थानमा हुथीले आश्रय स्थल नै बनाएका बसेका छन् । त्यसैले यमनको सेनाले समय समयमा यस्तो हवाई काबारही गर्ने गरेको छ ।– रासस/सिन्ह्वा