सोसल मिडिया
Contact Us
युनिकोड
टोकियो, २ माघ । प्यासिफिक टापु राज्य टोंगामा ज्वालामुखी विष्फोट भएपछि जापानका जारी गरिएको सुनामी चेतावनी खतरा समाप्त घोषणा गर्र्दै रद्द गरिएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ । टोंगामा शक्तिशाली ज्वालामुखी विस्फोट भएपछि जापानमा सुनामी आउन सक्ने भन्दै शनिबार मध्यराति यो सूचना जारी गरेरिएको थियो । स्थानीय समयानुसार आइतबार मध्याह्न १४ः०० बजे सो सुनामी चेतावनी रद्द गरिएको जापान मौसम विज्ञान एजेन्सीले जनाएको छ । सुनामीको चेतावनी दिँदै देशका आठ प्रान्तका करिब दुई लाख ३० हजार मानिसलाई ठाउँ खाली गर्ने आदेश जारी गरिएको थियो । यसअघि जापानको मौसम विज्ञान एजेन्सीले यहाँ सुनामी आउन सक्ने चेतावनीयुत्त ः सन्देश जारी गरेको छ । जापानमा शनिबार मध्यराति तिर यो सूचना जारी गरिएको हो । टोंगामा ज्वालामुखी विस्फोट भएको थियो । शनिबार त्यहाँ शक्तिशाली ज्वालामुखी विस्फोट भएपछि यहाँ सुनामी आउन सक्ने भन्दै शनिबार मध्यराति यो सूचना जारी गरेको हो । दक्षिणी प्यासिफिक टापूको टोंगामा शनिबार विस्फोट भएको ज्वालामुखीपछि जापानको पनि प्यासिफिक क्षेत्रमा यसको खतरा रहेको बताइएको हो । त्यहाँ सुनामी आउनसक्ने भन्दै सामुद्री किनाराका नागरिकलाई उद्धार गरी अन्यत्रै सारिएको छ । साथै यस वरपरका नागरिकलाई सतर्कता अपनाउन पनि आग्रह गरिएको छ । जापानको पूर्वीसमद्री किनारामा सुनामीको संकेत नै देखिइसकेको यससम्बन्धी अधिकारीले जनाएका छन् । उनीहरुका अनुसार यहाँको अमामी टापू तथा यस वरपरको समद्री किनारामा पानीको सतह केही माथिसम्म आएको र यसबाट सम्भावित सुनामीको संकेत देखिइसकेको बताइएको छ । जापानको दक्षिणपश्चिमी सामुद्री किनारामा करिब तीन मिटरसम्मको सुनामी आउनसक्ने सो निकायले जनाएको छ ।– रासस/सिन्ह्वा