चिया कारखानामा आगलागी

आइतबार, माघ २, २०७८

इलाम, २ माघ : इलामको सूर्योदय नगरपालिका-४ मा रहेको अन्तुभ्याली चिया उद्योगमा आगलागी भएको छ । स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । 

आगलागीका कारण चिया प्रशोधन युनिट जलेर नष्ट भएको छ भने कार्यालय भवनसहित अन्य संरचनामा जोगाउने प्रयन्त भइरहेको छ । आगलागी नियन्त्रणको लागि गएको वारुण यन्त्रको पानी सकिएपछि नजिकै रहेको अन्तु पोखरीबाट पानी ल्याएर आगो नियन्त्रणको प्रयास भइरहेको स्थानीय रुद्र घिमिरेले जानकारी दिएका छन् । 

आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन । अन्तु भ्याली निजी क्षेत्रमा स्थापना गरिएको पुरानो उद्योगहरू मध्येमा पर्छ ।

प्रकाशित मिति: आइतबार, माघ २, २०७८  १७:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार