नेपालमा पछिल्लो २४ घन्टामा चार हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि

आइतबार, माघ २, २०७८

काठमाडौँ , २ माघ : पछिल्लो २४ घण्टामा नेपालमा चार हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार १५ हजार १३१ वटा नमुना परीक्षण गर्दा चार हजार ९६१ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार १२ हजार ५६२ जनामा गरिएको पीसीआर परीक्षणमा चार हजार ५३४ जनामा र दुई हजार ५६९ जनामा एन्टिजेन परीक्षण गर्दा ४२७ जनामा संक्रमण देखिएको हो । योसँगै देशभर सक्रिय संक्रमितको २५ हजार ६८० रहेको छ । पछिल्लो २४ घण्टामा ४३५ जना डिस्चार्ज भएका छन् भने मृत्यु तीनजनाको भएको छ ।

प्रकाशित मिति: आइतबार, माघ २, २०७८  १७:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार