प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त

शुक्रबार, फागुन ७, २०७७

काठमाडौं । प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमाा राष्ट्रपतिबाट प्रदेश प्रमुखमा रौतहटका झा नियुक्त भएका हुन् । नवनियुक्त प्रदेश प्रमुख झा ‘राजेश अहिराज’ को नामले परिचित छन् । मधेश मामिलामा विद्यावारिधी गरेका झा पत्रकारितामा समेत संलग्न छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई आजै पदमुक्त गरेकी थिइन् । परियारलाई पदमुक्त गरेपछि रिक्त  ठाउँमा झालाई नियुक्त गरिएको हो ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन ७, २०७७  १५:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार