सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । संसद् विघटनसम्बन्धी मुद्दामा सर्वाेच्च अदालतमा बहस सकिएको छ । शुक्रबार एमिकस क्युरी गीता पाठकले राय दिएपछि संसद् विघटन मुद्दामा बहस सकिएको हो । बहस सकिएपछि संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फागुन १० गतेभित्र बहस नोट दिन यस रिटमा पक्ष, विपक्ष र एमिकस क्युरीका रुपमा चयन भएका कानुन व्यवसायीलाई आग्रह गरेका छन् । फैसलाबारे जबराले भने, ‘त्यसपछि हेर्दाहेर्दैमा जान्छ । ११ गते, १२ गते जति पनि जान सक्छ ।’