बेइजिङ शीतकालीन ओलम्पिकअघि अमेरिकाले चीनमा हुने सबै उडानमा प्रतिबन्ध लगाउने 

शनिबार, माघ १, २०७८

वासिङ्टन (अमेरिका), १ माघ । बेइजिङले  सन् २०२२ को शीतकालीन ओलम्पिक अगाडि कोरोनाभाइरस संक्रमणलाई देखाउँदै अन्य प्रतिबन्धात्मक प्रयास गरेकाले अमेरिकाले जनवरी १९ देखि चीनका लागि हुने सबै व्यावसायिक उडानहरूमा प्रतिबन्ध लगाउने जनाएको छ । अर्को सातादेखि  २०२२ बेइजिङ शीतकालीन ओलम्पिक अघि बेइजिङका लागि कुनै पनि व्यावसायिक उडानहरू नहुने सम्भावना छ, सीएनएनले बताएको छ । जनवरी १९ मा शुरु भएको र कम्तिमा दुई हप्तासम्म जारी रहने, संयुक्त राज्य अमेरिकाबाट चीनका लागि हुने सबै उडानहरू या त रद्द गरिएका छन् वा चिनियाँ उड्डयन नियमहरूको कारण निलम्बित हुने सम्भावना छ, सीएनएनले जनाएको छ । शुक्रबार सम्म, केवल दुई उडानहरू अझै पनि त्यो अवधिको लागि सञ्चालन गर्न योग्य देखिन्छन् ती मध्ये एक युनाइटेड एयरलाइन्ससँग हुनेछ । बेइजिङ शीतकालीन खेलहरू फेब्रुअरी ४ मा शुरु हुनेछर सहभागीहरूले प्रायः ओलम्पिकमा सहभागिताका लागि विशेष उडानहरू लिइरहेका छन् ।
जुनदेखिचीनको नागरिक उड्डयन प्रशासनले अन्तरराष्ट्रिय उडानहरूमा तथाकथित सर्किट ब्रेकरू नियम लागू गरेको छ। त्यस नियमको अर्थ हो यदि पाँच वा बढी यात्रुहरूले चीनमा अवतरण गर्दा कोरोना परीक्षण पोजेटिभ देखिएमा उडान दुई हप्ताको लागि स्वचालित रूपमा निलम्बित हुन्छ। यदि १० वा बढी यात्रुहरूमा पोजेटिभ देखिएमानिलम्बन अवधि बढ्छ ।
चीनले आफ्नो 'सर्किट-ब्रेकरू नियमहरूलाई' महामारीको सीमापार फैलावटको जोखिम कम गर्न महत्त्वपूर्ण कदमू भनेर बचाउ गरेको छ। 'खुला र निष्पक्ष उपायहरू चिनियाँ र विदेशी एयरलाइन्स दुवैमा समान रूपमा लागू हुन्छन्', विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले अगस्टमा भनेका थिए । डिसेम्बर २४ देखि जनवरी १२सम्म, चीनको लागि प्रस्थान गर्ने ९,३५६अन्तरराष्ट्रिय उडानहरू मध्ये एक तिहाइ भन्दा बढी रद्द गरिएका छन् ।-रासस/एएनआई

प्रकाशित मिति: शनिबार, माघ १, २०७८  १७:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार