सोसल मिडिया
Contact Us
युनिकोड
धनुषा, १ माघ । प्रदेश नं २ सरकारले ६१० गरिब विपन्न परिवारको घर निर्माण गरिदिने भएको छ । प्रदेश नं २ सरकारको शुक्रबार मन्त्रिपरिषद् बैठकले महेन्द्रनारायण निधि विपन्न आवास योजनाअन्तर्गत सरकारले गरिब विपन्न परिवारको घर निर्माण गरिदिने निर्णय गरेको छ । बैठकले महेन्द्रनारायण निधि विपन्न आवास योजना कार्यान्वयन कार्यविधि, २०७८ र दलित सशक्तीकरण नियमावली, २०७८ स्वीकृत गरेसँगै प्रदेशका गरिब तथा विपन्न परिवारले घर पाउने भएका छन् । आवास योजना २०७८ स्वीकृत भएपछि प्रदेशका सबै जिल्लाको प्रत्येक विधान क्षेत्रमा १० परिवारको घर निर्माण गरिने प्रदेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए । असहाय तथा विपन्न, एकल महिला, विपन्न परिवार, दलित, लोपोन्मुख, सीमान्तकृत जाति, अनाथ बालबालिका, अशक्त वृद्धवृद्धालाई प्राथमिकताका आधारमा आवासको व्यवस्था गरिने मन्त्री साहले बताउनुभयो । यस आवास योजनाअन्तर्गत बन्ने घर रु पाँच लाखमा प्लाष्टरसहितको छाना भएको दुई कोठा, एक भान्छा र एक शौचालय रहनेछ ।