टोखामा लाखेडाँडा पार्क 

शनिबार, माघ १, २०७८

काठमाडौँ, १ माघ । टोखा नगरपालिका–६ लाखेडाँडामा रु ४० लाख लगानीमा पार्क निर्माण भएको छ । स्थानीय, प्रदेश र केन्द्र सरकारको रु ४० लाख आर्थिक सहयोगमा निर्माण भएको उक्त पार्कको बागमती प्रदेशसभा सदस्य दीपक निरौलाले उद्घाटन गर्दै टोखाको विकासले क्रमशः गति लिँदै गएको बताए । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सार्वजनिक जग्गा संरक्षणलाई महत्व दिँदै सार्वजनिक जग्गाको डिपीआर तयार पारी प्रदेश र केन्द्र सरकारसँग सहकार्य गर्दै नगरपालिका भरि नै विभिन्न वडामा पार्क तथा जनतालाई लाभ हुने गरी कार्य  गरिरहेको जानकारी दिए । पाँच रोपनी क्षेत्रफलमा फैलिएको उक्त पार्क एक वर्ष लगाएर निर्माण गरिएको थियो ।–रासस
 

प्रकाशित मिति: शनिबार, माघ १, २०७८  ०६:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार