कांग्रेसद्वारा नागरिकलाई निःशुल्क कोरोना खोप माग

बिहीबार, फागुन ६, २०७७

काठमाडौं । नेपाली कांग्रेसले आम जनतालाई सहजरुपमा कोभिड–१९ विरुद्धको खोप पहुँचमा ल्याउनका लागि निःशुल्क खोप पु¥याउन सरकारसँग माग गरेको छ ।
कांग्रेसको कोभिड–१९ अनुगमन समितिले आज एक विज्ञप्तिमार्फत कोभिड–१९ लाई रोक्न आवश्यकताअनुरुप आमनागरिकमा खोप पु¥याउने विस्तृत कार्ययोजना सार्वजनिक गर्न मागसमेत गरेको छ । खोपसम्बन्धी कार्ययोजनामा कुन–कुन स्रोतबाट आवश्यक खोप उपलब्ध हुने हो र ती स्रोतबाट प्राप्त हुने खोप अनुदानमा आउने हो या खरीदबाट प्राप्त गर्नुपर्ने भए त्यसको पारदर्शी खरीद प्रक्रियाबारेमा पनि सरकारले आम जनतालाई विश्वासमा लिनुपर्ने समितिको धारणा छ । खोपको आवश्यक रेफ्रिजेरेसनसहितको भण्डारण र त्यसको प्रभावकारिता सुनिश्चित गर्ने सबै उपायका साथ खोप कार्यक्रमको देशव्यापी कार्यतालिका र खोप प्राप्त गर्ने जनसङ्ख्याको प्राथमिकताका क्रमको विस्तृत विवरण सार्वजनिक गर्न पार्टीका सहमहामन्त्री एवं समिति संयोजक डा प्रकाशशरण महतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
 

प्रकाशित मिति: बिहीबार, फागुन ६, २०७७  २२:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार