चार्टर फ्लाइटमा भएको अनियमितता छानबिन गर्न समिति गठन

शुक्रबार, पुस ३०, २०७८

काठमाडौँ, ३० पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोरोना महामारीको समयमा खाडी मुलुकमा काम गर्ने नेपाली श्रमिकको हबाइ उद्धार गर्न गरिएको चार्टर फ्लाइटमा भएको अनिमियताका विषयमा आज एक छानबिन समिति गठन गरेको छ । मन्त्रालयका सहसचिव होमप्रसाद लुईंटेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो । 
समितिका सदस्यमा मन्त्रालयका उपसचिव टेकनारायण पौडेल तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुर रहनुभएको छ । आजै गठन भएको उक्त समितिले शुक्रबारदेखि आफ्नो कामको थालनी गर्ने संयोजक लुईंटेलले बताउनुभयो । उक्त समितिलाई १० दिनभित्रमा प्रतिवेदन पेस गर्न समय तोकिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८  ०८:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार