बेलायतमा एक हप्तामा ४३ लाख मानिसमा कोरोनाभाइरस सङ्क्रमण भएको अनुमान

शुक्रबार, पुस ३०, २०७८

लन्डन, ३० पुस । बेलायतमा गत हप्ता ४३ लाख मानिसलाई कोभिड–१९ भएको अनुमान गरिएको छ । अघिल्लो हप्ताको कोरोना सङ्क्रमणका संख्या ३७ लाखबाट बढेर गत हप्ता ४३ लाख कायम भएको बेलायती राष्ट्रिय तथ्याङ्क कार्यालय ९ओएनएस० बुधबार जानकारी दिएको छ ।  इङ्गल्याण्डमा कोरोनाभाइरसको फैलावट उच्च रहेको जनाइएको छ । यहाँको तथ्याङ्कअनुसार जनवरी ६ सम्मको हप्तामा १५जना मध्ये एक जनामा यो  कोरोनाभाइरस सङ्क्रमण भएको जनाइएको छ ।   
वेल्समा, गत हप्ता २० मध्ये एक जनामा अर्थात गत हप्ता एक लाख ५७ हजार ९०० जनामा यो रोगबाट सङ्क्रमित भएको अनुमान गरिएको छ ।  स्कटल्याण्डमा २० मा एक, वा दुई ९७ हजार ४०० भन्दाबढी व्यक्ति सङ्क्रमित भएका बताइएको छ । उत्तरी आयरल्याण्डमा एक हप्तामा दुई लाख ३८ हजार मानिस सङ्क्रमित भएका अनुमान गरिएको छ ।
कोभिड–१९को सङ्क्रमण इङ्गल्याण्डको पूर्वीभाग र लन्डन बाहेक इङ्गल्याण्डका सबै क्षेत्रमा बढ्दै गएको ओएनएसले  जानकारी दिएको छ ।   बेलायतले पछिल्लो २४ घण्टाको अवधिमा एक लाख २९ हजार ५८७ जनामा कोभिड–१९  सङ्क्रमण भएको छ । हाल बेलायतमा कुल कोरोना सङ्क्रमितको संख्या एक करोड ४८ लाख ६२ हजार १३८ पुगेको बुधबार सार्वजनिक भएको आधिकारिक तथ्याङ्कले जानकारी दिएको छ । गत २४ घण्टामा बेलायतमा थप ३९८ कोरोनाभाइरस सङ्क्रमणको कारण मृत्यु भएको छ । यसैसँगै कोरोनाको कारण मृत्यु भएको कूल मृतकको संख्या एक लाख ५१ हजारभन्दा बढी पुगेको ओएनएसले जनाइएको छ । 
बेलायतमा १२ वर्ष र सोभन्दा माथिका ९० प्रतिशतभन्दा बढीले खोपको पहिलो डोज पाएका छन् र ८३ प्रतिशतभन्दा बढीले दुवै डोज खोप लगाएका छन् । पछिल्लो तथ्याङ्कअनुसार ६२ प्रतिशतभन्दा बढीले कोरोनाभाइरस खोपको तेस्रो डोज प्राप्त गरेका छन् ।– रासस/सिन्ह्वा
 

प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८  ०७:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार