सोसल मिडिया
Contact Us
युनिकोड
कनकाई, ३० पुस । झापाको कनकाई नगरपालिका–४ स्थित कनकाई धाम धार्मिक विकास संस्था कोटीहोम परिसरमा योगी नरहरी नाथको शालिक अनावरण गरिएको छ । संस्थाका अध्यक्ष नवलकिशोर दत्तको सभापतित्वमा कोटी होम परिसरमा आयोजना गरिएको एक समारोहका बीच वैद्विक मन्त्रोचारणका साथ योगी नरहरी नाथको शालिक अनावरण गरिएको हो । भmापा क्षेत्र नं।४ का सांसद एलपी साँवा लिम्बू, प्रदेश सभा सदस्य हिराकुमार थापा, नगर प्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख मन्जु प्रसाईँलगायतले शालिक अनावरण गरेका हुन् । शालिक अनावरणसँगै कोटी हवन शान्ति कलश स्तम्भसमेत शिलान्यास गरिएको छ । पानीको फोहोरासहितको आकर्षक स्थल निर्माणका लागि नगरपालिकाले रु १८ लाख रकम विनियोजन गरेको थियो । योगीको अर्ध कदको शालिक ईश्वरकृष्ण महाराजले सौजन्य गर्नुभएको हो । कोटी होम परिसरको भौतिक पूर्वाधार पुनःनिर्माणका लागि संघीय सांसद साँवाबाट प्राप्त रु ५० लाख बजेट खर्च भइसकेको बताइएको छ । कोटीहोम परिसरमा चाँडै क्यामरा जडानका लागि आवश्यक तयारी भइरहेको संस्थाका वरिष्ठ उपाध्यक्ष नारायण ओलीले बताए।–रासस