धादिङमा बाटो खन्दैगर्दा पहिरो, तीन जना बेपत्ता

डोजर पनि पुरियो
बिहीबार, पुस २९, २०७८

धादिङ, २९ पुस : धादिङमा बाटो खन्ने क्रममा पहिरो खस्दा तीन जना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजर पनि पुरिएको जिल्ला प्रहरी कार्यालयका एसपी राकेश सिंहले जानकारी दिए ।

सिंहका अनुसार चालक, सहचालयक र उपभोक्ता समितिका एक जना बेपत्ता रहेको प्रारम्भिक जानकारी आए पनि विस्तृत विवरण आइसकेको छैन । खोज र उद्धारका प्रहरी टोली परिचालन भएको छ । 

प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  ११:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार