सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । वतर्मान समयमा चर्चामा रहेको बतास समूहले सरकारलाई आफूसँग गरेका सबै सम्झौताहरू खारेज गर्न चुनौती दिएको छ। बतास समूहका अध्यक्ष आनन्दराज बतासले आज प्रेस विज्ञप्ति जारी गर्दै सरकार र बतास समूहबीच भएका सबै सम्झौता एकमुष्ट खारेज गर्न सरकार स्वतन्त्र रहेको उल्लेख गरेका हुन्।
बतास अर्गनाइजेसनले कानुन अनुसार नै भाडामा लिएर सञ्चालन गरेका सबै व्यावसायिक सम्झौताहरू कानुन अनुसार नै खारेज गर्न नेपाल सरकार स्वतन्त्र छ रहेको बताएका छन् । सरकाले सबै सम्झौताहरु खारेज गरेपनि बतास अर्गनाइजेसन कुनै आपत्ति नरहने कुरा समेत उल्लेख गरेका छन्।