सोसल मिडिया
Contact Us
युनिकोड
मकवानपुर । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव छल्न वाग्मती प्रदेशसभाको सातौँ बैठक स्थगन गरिएको छ । बुधबारका लागि तय भएको बैठकमा मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्तावसहितका विषयमा छलफल गर्ने कार्यक्रम थियो । आज २ बजे बस्ने भनिएकोमा विशेष कारणवश स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । सभाको बैठक अर्को सूचना जारी भएपछि मात्र सञ्चालन हुने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए । प्रदेशसभाको बैठक माघ १९ गते बस्ने भनिए पनि अनिश्चितकालका लागि स्थगन गरिएको थियो ।