कांग्रेसले आज देशैभर प्रदर्शन गर्ने 

सभापति देउवाद्वारा प्रदर्शनमा सहभागी हुन आग्रह
आइतबार, फागुन २, २०७७

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले मुलुकका ७७ वटै जिल्लामा सोमबार प्रदर्शन गर्दैछ । जिल्ला कार्य समितिको आह्वानमा कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको हो ।  प्रदर्शनको पूर्वसन्ध्यमा  कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका ७७ जिल्ला कार्यसमितिको नेतृत्वमा आयोजना गरिने विरोध प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन् । सभापति देउवाले आज विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस एकमतका साथ आन्दोलनमा रहेको स्पष्ट पार्दै पार्टीका सबै तहका सदस्यसँगै समस्त लोकतन्त्रवादीलाई सोमबारको प्रदर्शनमा सहभागी भएर ऐक्यबद्धता प्रकट गर्न अनुरोध गरेका छन् । विघटनविरुद्ध  कांग्रेसले गत पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ गते विभिन्न चरणमा प्रदर्शन गरिसकेको छ । 
 

प्रकाशित मिति: आइतबार, फागुन २, २०७७  २१:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार