पारा तेक्वान्दोमा सृजनाको रहरलाग्दो उचाइ (भिडियो सहित)

आइतबार, पुस ११, २०७८

काठमाडौँ, ११ पुस । एसियन युथ पारा गेम्समा पारा तेक्वान्दोतर्फ रजत पटक विजेता सृजना घिसिङ आफ्नो खेल जीवनमा इतिहास रच्न सफल भइ देशको नाम राख्न सफल भएकोमा गदगद छिन् । सृजनाले बहराइनमा सम्पन्न प्रतियोगितामा देशका लागि रजत पदक जित्न सफल भएकी हुन् । एसियाली पाराओलम्पिक कमिटी र बहराइन सरकारको संयुक्त आयोजनामा भएको एसियन युथ पारा गेम्समा नेपालबाट सहभागी चारमध्ये तीन खेलाडी पदक जित्न सफल भएका थिए । पारा तेक्वान्दोबाट सृजना घिसिङले रजत जित्दा ओलम्पियन पलेशा गोवर्द्धनले स्वर्ण जितेकी थिइन् । सोही प्रतियोगितामा विशाल गर्बुजाले कांस्य पदक जितेका थिए । एसियालीस्तरको आधिकारिक पारा खेलकुदमा नेपाली खेलाडीले स्वर्ण जितेको यो पहिलोपल्ट हो । के–४४ विधाको ५२ केजीमुनि तौल समूहमा सृजना फाइनलमा पराजित भएकी हुन्। बाई पाएर सिधै फाइनल पुगेकी सृजनाले इरानकी धानबारिकोमिसानी सहरसँग १८–० अंकका आधारमा पराजय बेहोरेकी हुन् ।  पारा तेक्वान्दोमा के–४४ भनेको कम्तीमा एउटा हातको कुहिनाभन्दा तलको भाग नहुनु हो ।

प्रकाशित मिति: आइतबार, पुस ११, २०७८  १४:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार