सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल नियमित स्वास्थ्य परीक्षणका लागि शुक्रबार भारत गएका छन् । पत्नी रविलक्ष्मी चित्रकारसहित नियमित स्वास्थ्य परीक्षणका लागि खनाल नयाँ दिल्ली प्रस्थान गरेको उनका स्वीकय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।स्वास्थ्य परीक्षण गर्न चीन जाने गरेता पनि यसपटक कोरोना भाइरस (कोभिड–१९) को कारणले भारत गएको बताइएको छ । चीनमा जाँदा अनिवार्य १४ दिन क्यारेन्टिनमा बस्नुपर्ने भएकोले खनाल भारत गएका हुन् । स्वकीय सचिव भट्टराईका अनुसार नेता खनाल शुक्रबार नै स्वास्थ्य परीक्षणका लागि नयाँ दिल्लीको एपोलो अस्पतालमा भर्ना भएका छन् । स्वास्थ्य परीक्षण गराएर चारदिनपछि उनीस्वदेश फर्किने कार्यक्रम छ ।