म्यान्मामा सैन्य कूको विरोधमा प्रदर्शन जारी

बुधबार, माघ २८, २०७७

याङ्गुन । म्यान्मामा गत साता भएको सैन्य कूको विरोधमा दशौँ हजार मानिसहरूले विरोध जारी राखेका छन् । सैनिक कू को विरोधमा सहभागी हुने क्रममा मंगलबार एक महिला गम्भीर घाइते भएको बताइएको छ । प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले पानीको फोहोरा, रबरको गोली र गोली प्रहार गरेको थियो । मानवाधिकारवादी समूहहरूका अनुसार घाइते भएका ती महिलाको टाउकोमा गोली लागेको छ । प्रहरीले बल प्रयोग गर्दा प्रदर्शनकारीहरू घाइते भएका विवरणहरू प्राप्त भएका छन् । तर  कसैको मृत्यु भएको छैन । बुधवार बिहान पुनः विरोध प्रदर्शन सुरु भएको र राजधानीमा आयोजित पाँचौं दिनको प्रदर्शनमा सरकारी कर्मचारीहरू पनि सहभागी भएका छन् । यसैबीच म्यान्माको सेनाले नेत्री आङ सान सु चीको पार्टी नेसनल लिग फर डेमोक्रेसीको याङ्गुनस्थित मुख्य कार्यालयमा छापा मारेर तोडफोड गरेको उक्त दलले दाबी गरेको छ । मंगलबार राति सुरक्षाकर्मीहरू उक्त कार्यालयको ढोका फोरेर भित्र छिरेर तोडफोड गरेको बताइएको छ । पार्टीको कार्यालय तोडफोड गर्दा त्यहाँ कोही कार्यकर्ता भने थिएनन् । सेनाले जारी गरेको रात्रिकालीन क्यर्यूका बेला छापा मारेको हो । अहिले म्यान्मामा राति ८ बजेदेखि बिहान ४ बजेसम्म देशभरि निशेधाज्ञा लागू गरिएको छ ।–सिन्ह्वा

प्रकाशित मिति: बुधबार, माघ २८, २०७७  १५:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार