सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहले काठमाडौंमा आयोजना गरेको शक्ति प्रदर्शन सुरु भएको छ । विभिन्न क्षेत्रबाट जुलुससहित निस्केको नेता कार्यकर्ता भृकुटीमण्डपमा पुगेर आमसभामा परिणत हुनेछ । ¥यालीका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित भइसकेको छ । विरोधसभा अघि पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट बिहान ११ बजेदेखि जुलुस सुरु भइसकेको छ । पुल्चोक, त्रिपुरेश्वर, केशरमहल, जमल, सुन्धाराबाट निस्केका जुलुस विरोध सभामा परिणत हुने भएको छ । सभाका लागि पुरानोबसपार्क–भद्रकाली सडकखण्डमा मञ्च निर्माण गरिएको छ ।