दाहाल–नेपाल समूहको भोलि राजधानीमा प्रदर्शन

प्रदर्शनमा सहभागी हुन नेताद्वयको आग्रह
मंगलबार, माघ २७, २०७७

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले बुधबार राजधानीमा प्रदर्शन गर्दैछ ।  विरोधसभा अघि राजधानीका विभिन्न स्थानबाट जलुस निकाल्ने तयारी भएको र सभालाई नेकपाका अध्यक्षद्वयसहित शीर्ष नेताले सम्बोधन गर्ने बताइएको छ । सो समूहको केन्द्रीय सङ्घर्ष समितिले आज जारी गरेको विज्ञप्तिअनुसार त्यस दिन पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट विभिन्न नेताहरूको नेतृत्वमा जुलुस निकालिने जनाएको छ । उक्त समूहका अध्यक्षद्वय प्रचण्ड र नेपालले भिडियो सन्देशमार्फत् प्रदर्शनमा सहभागी हुन जनसमुदायलाई आह्वान गरेका छन् । यसअघि उक्त समूहले यही माघ ९ गते पनि राजधानीमा प्रदर्शन गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ २७, २०७७  २३:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार