सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन लगायतका कदमको विरोधमा फागुन ३ मा बृहत प्रर्दन गर्ने भएको छ । कांग्रेस जिल्ला कार्यसमितिको आयोजना हुने उक्त प्रदर्शनमा उल्लेख्य सहभागिता जनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले नेता–कार्यकर्तालाई आह्वान गरेका छन् । ‘विरोध प्रदर्शनलाई अझ व्यापक र प्रभावकारी बनाउन म अपिल गर्दछु’ सभापति देउवाले शनिबार विज्ञप्ति प्रकाशित गर्दै आह्वान गरेका छन् । सभापति देउवाले पार्टीका शुभेच्छुक संस्थाले ७७ वटै जिल्लामा शनिबार भएको विरोध प्रदर्शनमा सहभागी नेता–कार्यकर्तालाई धन्यवाद दिएका छन् । सभापति देउवाले विज्ञप्तिमार्फत प्रदर्शन सफल बनाउन अहोरात्र खट्ने शुभेच्छुक संस्था र पार्टीको सबै तहका पदाधिकारी तथा सदस्य एवं सामाजिक सञ्जालमार्फत भूमिका निर्वाह गर्ने युवामा बधाइ ज्ञापन गरेका छन् । देउवाले निरन्तर समाचार सम्प्रेषण गरेर प्रदर्शनमा योगदान पु¥याउनु हुने सञ्चारकर्मीमा पनि धन्यवाद ज्ञापन गरेका छन् । नेपाल टे«ड यूनियन कांग्रेस, नेपाल शिक्षक सङ्घ, नेपाल निजामती कर्मचारी युनियन (सङ्घ), नेपाल साँस्कृतिक सङ्घ, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोशियशन, प्रशासन व्यवस्थापन र विकास केन्द्र, नेपाल लोकतान्त्रिक शेर्पा सङ्घ, लोकतान्त्रिक गैरसरकारी संस्था महासङ्घ, प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपाल, नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसन, सेन्टर फर डेमोक्र्याटिक इञ्जिनियर्स नेपाल, प्रजातन्त्रवादी चिकित्सक सङ्घ, नेपाल प्रेस युनियन, त्रिवि प्रजातन्त्रवादी कर्मचारी सङ्घ, प्रजातान्त्रिक वन प्राविधिक सङ्घ नेपाल, नेपाल कुमाल सङ्घ, लोकतान्त्रिक नेवाःखल, र प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक सङ्घले संयुक्तरुपमा प्रदर्शन गरेका हुन् ।