आङ साङ सुकी निवास नजरबन्दमा 

शनिबार, माघ २४, २०७७

याङ्गुन । म्यानमारको ‘नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)’ की अध्यक्ष आङ सान सूचीलाई उनकै निवास नजरबन्दमा राखिएको एनएलडीले पुष्टि गरेको छ । 
गत सोमबार म्यानमारमा सेनाले ‘कू’ गरी राज्यसत्ता कब्जा गरेपछि अहिंसावादी राजनीतिका लागि गरेको त्यागका लागि ९० को दशकमा नोबेल पुरस्कारबाट सम्मानित नेतृ सूचीको अवस्थाबारे जानकारी दिँदै उक्त जानकारी गराइएको हो । सूचीका सञ्चार अधिकृत क्यी टोयले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन्, ‘नेतृ सूचीलाई उनकै घरमा नजरबन्दमा राखिएको छ र उनकोस्वास्थ्य राम्रो रहेको छ ।’ मैले जानकारी पाएसम्म नेतृ सुकीलाई उनकै निवासमा नजरबन्दमा राखिएको छ, टोयले एएफपीसँग भने । उता, बर्मामा काम गरिरहेका नेपाली पत्रकार दीपक भट्टराईले शनिबार बिहानै ट्वीट गर्दै लेखेका छन्, ‘रातिदेखि इन्स्टा र ट्वीटर नि बर्मामा सैनिकले बन्द गरिदिए । भीपीएन मार्फत पहिलो ट्वीट । भीपीएन पनि कुन बेलादेखि अवैध घोषणा गरिदिने हुन् ? टिभी, रेडियो पत्रिका बन्दै छ । आम मानिसले प्रयोग गर्ने फेसबुकपछि अलिअलि प्रयोग भएका अन्य सामाजिक सञ्जाल बन्द भयो । बर्मेली नागरिक संसारसँग वेखवर भएका छन् ।’
म्यान्मारका नागरिकले सैनिक शासनको विरोध गर्ने क्रम भने जारी राखेको पत्रकार भट्टराईले ट्वीट गर्दै जानकारी दिएका छन् ।  उनले शुक्रबार ट्वीट गर्दै लेखेको थिए, ‘सैनिक शासनविरुद्ध बर्मेलीले हरेक राति ८ बजेपछि आफूसँग भएका जे भाँडाकुँडा छ, त्यही बजाएर विरोध गरेका छन् । यो विरोधको तरिका फेसबुकमा धेरै लोकप्रिय भएपछि सैनिक शासनले हिजोदेखि फेसुबक बन्द गरेको छ ।’ बर्मा केही विद्यार्थी र प्राध्यापकले सैनिक शासन अन्तर्गत पठन पाठन नगर्ने आन्दोलन शुरु गरेका छन् । केही स्वास्थ्यकर्मी, वन विभाग, विश्वविद्यालय, सरकारी वकिल, विद्युत विभागका कर्मचारीले राजिनामा दिइरहेका छन् । जागिर छाडेकाको जीवन चलाउन कोषको व्यवस्था गरेर चन्दा उठाउन शुरु भएको छ । एजेन्सी 
 

प्रकाशित मिति: शनिबार, माघ २४, २०७७  ०८:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार