सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नागरिक अगुवाहरूले आज बिहान काठमाडौंमा मार्चपास गरेका छन् । बृहत् नागरिक आन्दोलनअन्तर्गत उनीहरूले संवैधानिक निकायहरूमा गरिएको नियुक्तिको प्रतिकारस्वरुप मार्चपास निकालेका हुन् । संवैधानिक निकायहरूमा गरिएको नियुक्ति अवैधानिक रहेको उनीहरूको भनाइ छ । नागरिक अभियन्ता पद्मरत्न तुलाधरको लैनचौरस्थित निवासबाट राष्ट्रपति कार्यालयसम्म तय गरिएको मार्चपासमा नागरिक अगुवाहरू खगेन्द्र संग्रौला, नारायण वाग्ले, युग पाठक, कृष्ण खनाल, सञ्जीव उप्रेतीलगायत सहभागी थिए । प्रहरीले अगाडि बढ्न नदिएपछि उनीहरू महाराजगन्ज, पानीपोखरीमा सभा गरे । नागरिक अगुवाहरुले प्रतिनिधिसभा विघटनविरुद्ध पनि प्रदर्शन गर्दै आएका छन् ।