हड्तालबाट जनतालाई दुःख : प्रधानमन्त्री

बिहीबार, माघ २२, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले गरेको आजको हड्तालले जनतालाई दुःख दिएको बताएका छन् । अखिल नेपाल किसान संगठनले आज आयोजना गरेको राष्ट्रिय भेलामा नेकपाका अध्यक्ष ओलीले भने, ‘गरीबको तरकारी फ्याँकेर उहाँहरुले महान् आन्दोलन सफल पार्नुभयो । एउटी बूढी आमाले डोकामा ल्याएको टमाटर सडकभरि फ्याँकेर क्रान्तिकारिता देखाउनुभयोे ।’
अध्यक्ष दाहाल र नेपालले अरुको गाडी जलाएर आफू गाडी चढेर जनताले दुःख पाएको ‘तमासा’ हेर्दै हिँडेको उल्लेख गर्दै भने, ‘एक जना गाडीमा र अर्काे एक जना मोटरसाइकलमा हिँड्दै जनताले कति दुःख पाए भनेर रमिता हेर्दै हिँड्नुभयो ।’ ओलीको भनाई थियो, ‘उहाँहरु आक्रमक ढंगले आउनु हुन्छ । नियम तोड्न खोज्नु हुन्छ । धाकधक्कु लगाउनुहुन्छ । नियय र कानून मान्दिन भन्नुहुन्छ । प्रमुख जिल्ला अधिकारी (सिडियो) र प्रहरी नायब उपरीक्षक (एसपी) लाई हप्कीदप्की गर्नु हुन्छ । यो गलत हो । म आग्रह गर्न चाहान्छु कि तपाईंहरु कानूनको पालना गर्नुहोस् । राष्ट्रसेवकलाई हप्कीदक्पी नगर्नुृहोस् ।’
 

प्रकाशित मिति: बिहीबार, माघ २२, २०७७  २२:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार